पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिँदा २४ वर्षीय युवकको ज्यान गयो

पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिँदा २४ वर्षीय युवकको ज्यान गयो

काठमाडौं : पिङ खेल्ने क्रममा पिङबाटै खसेर पर्वतमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रबिन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका-१ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको मृत्यु भएको हो।

मंगलबार साँझ करिब ५ बजेको पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरे।

स्थानीय जयकृष्ण सुवेदीका अनुसार परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरू, श्रीमती र आमा छन्। 

आर्थिक अवस्था निकै कमजोर रहेको परिवारका आवश्यकता टार्न संजयकै भर थियो। उनको मृत्युले परिवार थप सङ्कटमा परेको छ। 

असोज २२, २०८१ बुधबार १५:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।