काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मान्छे बाहिरिन्छन्

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मान्छे बाहिरिन्छन्

काठमाडौं : काठमाडौं उपत्यकाबाट दशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्। 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ। 

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, 'आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ।'

दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। 

एसपी कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। 

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली-हेटौडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।  

असोज २२, २०८१ बुधबार १५:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।