२० रुपैयाँको पानी सय रुपैयाँमा बेच्दा दुई लाख जरिवाना

२० रुपैयाँको पानी सय रुपैयाँमा बेच्दा दुई लाख जरिवाना

कास्की : २० रुपैयाँकाे पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए।

सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा उजुरी गरेका थिए।

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ। 

असोज २२, २०८१ बुधबार १४:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।