बाढी, पहिरो तथा डुवान प्रभावितहरुलाई राहत सामाग्री तथा सामूहिक खाना

बाढी, पहिरो तथा डुवान प्रभावितहरुलाई राहत सामाग्री तथा सामूहिक खाना

काठमाडौं : असोज १० गते रातिदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो तथा डुवानमा परेका काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका र पनौती नगरपालिका-११ बल्थलीका १ सय ५० घरपरिवारलाई सशस्त्र प्रहरी परिवार महिला संघले असोज २२ गते खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई तथा पनौती नगरपालिका–११ का वडा अध्यक्ष दिपेन्द्र लामालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए।

यसैगरी असोज २३ गते सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-७ खुर्कोट शितल चौतारीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले बाढी, पहिरो तथा डुवानबाट प्रभावित घरपरिवारहरूको लागि आयोजना गरेको सामूहिक खानामा करीब ३ सय जना सहभागि भएका छन्।

असोज २२, २०८१ बुधबार १३:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।