मौसम विभागले जारी गर्‍यो दशैं विशेष मौसम बुलेटिन, कस्तो रहन्छ तीन दिनको मौसम?

मौसम विभागले जारी गर्‍यो दशैं विशेष मौसम बुलेटिन, कस्तो रहन्छ तीन दिनको मौसम?

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष बुलेटिन जारी गरेको छ।

महाशाखाका अनुसार दशैंको सप्तमी, अष्टमी/नवमी र विजया दशमी तीन दिन कोशी र मधेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यी दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ।

देशका पश्चिमी प्रदेशहरूमा भने मौसम सफा रहने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीन दिने मौसम पूर्वानुमानमा यस सम्बन्धि जानकारी अध्यावधिक गरिँदै जाने भएकोले त्यसबारे अद्यावधिक हुने समेत उनले जनाएको छ।

साथै विजया दशमी २०८१ को पावन अवसरमा जल तथा मौसम विज्ञान विभाग परिवार सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

असोज २२, २०८१ बुधबार १३:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।