डाक्टरको बलात्कारपछि हत्या प्रकरण : ५० वरिष्ठ चिकित्सकले दिए राजीनामा

डाक्टरको बलात्कारपछि हत्या प्रकरण : ५० वरिष्ठ चिकित्सकले दिए राजीनामा

एजेन्सी : भारतको कोलकातास्थित आरजी कार मेडिकल कलेजका ५० वरिष्ठ चिकित्सकले सामुहिक राजीनामा दिएका छन्।

आमरण अनसनमा बसेका कनिष्ठ चिकित्सकको समर्थनमा ५० वरिष्ठ चिकित्सकले राजीनामा दिएका हुन्।

मंगलबार मेडिकल कलेजमा धेरै विभाग र तिनीहरूका प्रमुखहरूको बैठक बसेको थियो। यही बैठकले राजीनामा दिने निर्णय गरेको हो।

एक वरिष्ठ सदस्यले भने, ‘जुनियर डाक्टरहरू जुन कारणका लागि आमरण अनशनमा छन्। हामी उनीहरूको साथमा खडा छौं र यो सन्देश दिन राजीनामा दिएका छौँ।’

छ कनिष्ठ चिकित्सकको आमरण अनशनको आज चौथो दिन हो।

उनले भने, ‘हामी कुनै बाहिरी दबाबमा झुक्ने छैनौँ। सबै माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।’

अक्टोबर ५ साँझदेखि चितित्सकहरू आमरण अनसनमा छन्। उनीहरू स्वास्थ्य सचिव एनएस निगमको बर्खास्त सहित नौ वटा मागमा अडिग छन्।

फेडरेशन अफ अल इन्डिया मेडिकल एसोसिएसन (एफएआईएमए)ले पश्चिम बंगालका जुनियर डाक्टरहरूलाई आफ्नो समर्थन घोषणा गरेको छ।

फामाले अक्टोबर ९ तारिखदेखि देशभरका डाक्टरहरूले अनशन बस्ने बताएको छ।

उता बङ्गाल सरकारले आफ्ना सबै वाचा पूरा गरिरहेको बताएको छ। ममता सरकारले डाक्टरहरूलाई अनशन अन्त्य गर्न अपिल गरेको छ।

बलात्कार–हत्याको घटनाको विरोधमा जुनियर डाक्टरहरूले भदौ १० देखि भदौ २१ गतेसम्म ४२ दिन हडताल गरेका थिए।

यसअघि चिकित्सकहरूले सरकार समक्ष पाँच वटा माग राखेका थिए। तीमध्ये ३ वटा माग सरकारले पूरा गरेको छ।

मुख्यमन्त्री ममताले अन्य दुई मागहरूमा पनि विचार गर्ने आश्वासन दिएकी थिइन्। त्यसपछि डाक्टरहरुले हडताल अन्त्य गरेका थिए। उनी अस्पतालमा काम गर्न फर्केका थिए।

तर, सेप्टेम्बर २७ मा सगोरदत्त अस्पतालमा तीन चिकित्सक र तीन नर्सलाई कुटपिटको घटना बाहिर आएपछि आक्रोशित चिकित्सकहरूले अक्टोबर १ गतेदेखि पुनः हडताल थालेका हुन्।

असोज २२, २०८१ बुधबार ०८:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।