ट्रम्पले पुटिनलाई कोभिड टेस्ट किट पठाएको दाबी

ट्रम्पले पुटिनलाई कोभिड टेस्ट किट पठाएको दाबी

एजेन्सी : प्रख्यात अमेरिकी पत्रकार बब वुडवर्डले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गोप्य रूपमा कोरोना परीक्षण किट पठाएको दाबी गरेका छन्।

वाटरगेट काण्डको पर्दाफास गरेका पत्रकार वुडवर्डले आफ्नो नयाँ पुस्तकमा आपूर्ति कम हुँदा-हुँदै पनि व्यक्तिगत प्रयोगका लागि भन्दै ट्रम्पले पुटिनलाई गोप्य रूपमा कोभिड परीक्षण किट पठाएको दाबी गरेका हुन्।

अमेरिकी मिडियाका अनुसार ‘वार’ नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गर्दै ‘मनगठित कथाहरू’ मध्ये कुनै पनि सत्य नभएको बताएको छ।

असोज २२, २०८१ बुधबार ०८:३०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।