रूसदेखि धौलागिरि आरोहण गर्न आएका पाँच रूसी नागरिक आधार शिविरबाटै अस्ताए

रूसदेखि धौलागिरि आरोहण गर्न आएका पाँच रूसी नागरिक आधार शिविरबाटै अस्ताए

म्याग्दी : धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रूसी पर्वतारोहीको मृत्यु भएको छ। ​​​​​

हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव आज भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो। 

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ। 

आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौं पठाइएको छ।

असोज २१, २०८१ मंगलबार १९:४१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।