एकैसाता ७६ करोड पर्यटकले गरे चीनको भ्रमण, सात अर्ब ८१ करोड युआन खर्च गरे

एकैसाता ७६ करोड पर्यटकले गरे चीनको भ्रमण, सात अर्ब ८१ करोड युआन खर्च गरे

एजेन्सी : सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन्। 

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्रान्तमा भ्रमण गरेका छन्। साताब्यापी भ्रमण गर्नेहरू अधिकांश आन्तरिक पर्यटक हुन्।

गत वर्षको तुलनामा सोही अवधीमा यसबर्ष ५.९ आन्तरिक पर्यटकको संख्यामा प्रतिशतले वृद्धि भएको छ। जसका कारण राजश्व एवं राष्ट्रिय आम्दानी बढेको देखिन्छ। 

आन्तरिक पर्यटकहरूको भ्रमणले कुल सात अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेका छन्। 

असोज २१, २०८१ मंगलबार १९:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।