गोली हानेर दुईवटा चित्तल मारेपछि बोरामा लैजाँदै गरेका एकजना पक्राउ

गोली हानेर दुईवटा चित्तल मारेपछि बोरामा लैजाँदै गरेका एकजना पक्राउ

काठमाडौं : चितवनको पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका-११ स्थित शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ। 

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका-६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परे। 

उनको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो। पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो।

पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ। उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन्। 

उनीहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। 

त्यस कार्यमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको पौडेलले बताए। 

वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशंकामा उनीहरुको खोजी गरिएको थियो।  

असोज २१, २०८१ मंगलबार १९:१२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।