नयाँ नाना र मिठो खानाको खोजीमा बजार निस्किएको 'गोलो'

नयाँ नाना र मिठो खानाको खोजीमा बजार निस्किएको 'गोलो'

 ललितपुर : दशैं नजिकिदै गर्दा बजारमा बिस्तारै चहलपहल बढिरहेको छ। दशैँमा काठमाडौँ छाड्ने र काठमाडौँ उपत्यकामै बस्नेहरू बिस्तारै किनमेलका लागि बजारमा निस्कन थालेका छन्।

बाढी-पहिरोको कहरले दशैँको रमझम बिगार्यो नै बढ्दो महँगी र घट्दो आम्दानीले पनि पहिला जस्तो मन फुकाएर किनमेल गर्नेहरू कमै भेटिन्छन् बजारमा।

नयाँ ‘नाना’ अनि मीठो खानाको पर्वको रूपमा परिचित दशैँमा गच्छे अनुसार नयाँ नाना र खाना किन्न बजारमा भिड बढिरहेको छ। लगनखेलको बजारमा लागेको यस्तै दशैँको भिडका तस्विरहरू।

असोज २१, २०८१ मंगलबार १५:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।