दशैं बिदामा आयोग खुला रहने

दशैं बिदामा आयोग खुला रहने

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दशैं बिदामा पनि खुला रहनेछन्।

आयोगका अनुसार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म कार्यालयहरू खुला रहने छन्।

आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ।

आयोगले यस अवधिमा आयोगले मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहमा आकस्मिक अनुगमन समेत गर्ने छ।

असोज २१, २०८१ मंगलबार १३:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।