बाढी प्रभावित क्षेत्रको जानकारी लिन भन्दै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

बाढी प्रभावित क्षेत्रको जानकारी लिन भन्दै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

काठमाडौं : बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री सिन्धुली पुगेका छन्।

मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन्।

उनीहरूले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ। उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन्।

असोज २१, २०८१ मंगलबार १०:५६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।