देशका मुख्य छ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

देशका मुख्य छ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं : देशका छ वटा सडक खण्डहरू पूर्ण रुपमा अवरुद्ध भएका छन्। यस्तै ६ वटा सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भएका छन्।

पूर्ण रूपमा अवरुद्ध हुने सडकहरू बागमती प्रदेश र सुदूरपश्चिम अन्तर्गत अन्तर्गत नै पर्छन्।

मकवानपुरमा कान्ति लोकपथ, काभ्रेपलाञ्चोकमा अरनिको राजमार्ग, बझाङमा जयपृृथ्वी राजमार्ग तथा काभ्रे र रामेछापमा वीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

यस्तै, ललितपुरको लेलेमा रहेको टीकाभैरव जाने बाटो, तेह्रथुमको लालिगुराँसमा मध्यपहाडी राजमार्ग, पाँचथरको फिदिमस्थित मेची राजमार्ग, काभ्रेको रोशीस्थित वीपी राजमार्ग, धादिङको बेनिघाटस्थित पृथ्वी लोकमार्ग पनि एकतर्फी रुपमा चलेका छन्।

यस्तो छ अवरुद्ध सडकको विवरणः-

असोज २१, २०८१ मंगलबार १०:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।