प्रकाश राज सेटबाट हिँडेपछि भड्किए निर्माता, सामाजिक सञ्जालमा लेखे- ‘एक करोड नोक्सान गराइदिए’

प्रकाश राज सेटबाट हिँडेपछि भड्किए निर्माता, सामाजिक सञ्जालमा लेखे-  ‘एक करोड नोक्सान गराइदिए’

एजेन्सी : ‘वान्टेड’ र ‘सिङ्घम’ जस्ता धेरै बलिउड फिल्ममा काम गरिसकेका साउथ अभिनेता प्रकाश राजमाथि १ करोड नोक्सान गराइदिएको आरोप लागेको छ।

फिल्म निर्माता विनोद कुमारले ट्वीटरमा एक पोस्ट सेयर गर्दै कलाकारलाई क्रुलाई जानकारी नै नदिई सेट छोडेर गएको आरोप लगाएका छन्।

प्रकाशलाई अव्यावसायिकको संज्ञा दिँदै उनले अहिलेसम्म पनि फोन समेत नगरेको बताए।

प्रकाश राजले अक्टोबर ५ मा उदयनिधि र उनका बुबा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनसँगको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘उपमुख्यमन्त्रीसँग... #JustAsking।’

प्रकाशको सोही पोस्ट सेयर गर्दै विनोदले लेखेका छन्, ‘तपाईसँग बसेका अरु तीन जनाले चुनाव जितेका छन्, तर तपाईले धरौटी समेत गुमाउनुभएको छ, फरक यही हो।’

‘तपाईं बेपत्ता भएर मेरो सुटिङ सेटमा १ करोड रुपैयाँ नोक्सान भयो। कारण के थियो? #JustAsking!!! तपाईंले मलाई फोन गर्छु भन्नुभएको थियो तर गर्नुभएन!’

विनोदले अर्को ट्वीट पोस्टमा घटना सेप्टेम्बर ३० मा भएको बताए। विनोदले लेखेका छन्, ‘यो घटना ३० सेप्टेम्बर २०२४ को हो। सम्पूर्ण कलाकार, टोली र करिब १००० जुनियर कलाकारहरू स्तब्ध भएका थिए।’

बिनोदको आरोपको प्रकाशले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। २०२१ मा रिलिज भएको तमिल फिल्म ‘एनिमी’ मा विनोद र प्रकाशले सँगै काम गरेका थिए। यस फिल्ममा विशाल र मिरनालिनी रवि मुख्य भूमिकामा थिए।

असोज २१, २०८१ मंगलबार ०८:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।