फिल्मको क्लाइमेक्स सिन नै टिकटकमा लिक भएपछि साइवर ब्युरो गए निश्चल

फिल्मको क्लाइमेक्स सिन नै टिकटकमा लिक भएपछि साइवर ब्युरो गए निश्चल

काठमाडौँ : फिल्म ‘बेहुली फ्रम मेघौली’को क्लाइमेक्स सिन नै टिकटकबाट लिक भएपछि निर्माता निश्चल बस्नेत साइवर ब्युरो गएका छन्।

क्लाइमेक्स सिनसँगै फिल्मका अधिकांश सिनहरू टिकटकभरी लिक भएपछि निश्चलले ती अकाउन्ट बन्द गराउन र कारबाही गर्न भन्दै साइवर ब्युरो गएका हुन्छ।

फिल्मको दृश्य हलमा खिचेर टिकटकमा राख्दा फिल्मको व्यवसायमै असर परेको उनको तर्क छ।

फिल्म असोज १७ मा रिलिज भएको थियो।
साजन काफ्ले र आकाश बरालको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय छ।

असोज २०, २०८१ सोमबार २३:५१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।