‘दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना’

‘दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना’

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन्।

‘यसपटक मनसुन बाहिरिने समय र दशैं एकैपटक परेको छ,’ उनले भनिन्, ‘मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षा हुन्छ। तसर्थ यो दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’

असोज २०, २०८१ सोमबार १६:५५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।