सिन्धुलीमा बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस आज दिउँसो ३ बजे दुर्घटना भएको हो।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

थप विवरण आउन बाँकी छ।

असोज २०, २०८१ सोमबार १६:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।