पाँच सय र पाँच रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

पाँच सय र पाँच रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनमा पाँच सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ।

असोज २०, २०८१ सोमबार १०:५२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।