सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरियो मनसुन

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरियो मनसुन

काठमाडौं : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ।

आइतबार एक विज्ञप्ति निकालेर मौसम पूर्वानुमान महाशाखाले आजदेखि सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको जनाएको हो।

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिने जनाएको छ।

महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यसबारे थप जानकारी दिँदै जाने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

असोज २०, २०८१ सोमबार ०७:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।