एनपिएलमा १२ खेलाडीको मूल्य १५ लाख, १ सय ६४ मा ८० मात्र बिके

एनपिएलमा १२ खेलाडीको मूल्य १५ लाख, १ सय ६४ मा ८० मात्र बिके

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १ सय ६४ खेलाडी सहभागी भए पनि ८० खेलाडी मात्र बिक्री भए। आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा ८ वटा फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किने।

अक्सनमा सहभागीमध्ये १२ जना खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिकेका छन्। सागर ढकाल, गुल्सन कुमार झा, सूर्य तामाङ, लोकेश बम, ललित राजवंशी, साहब आलम, भीम सार्की, अनिल कुमार साह, प्रतिश जी.सी, विवेक यादव, सन्दीप जोरा १५ लाखमा विक्री भए।

नेपालका विकेटकिपर अनिल कुमार साहलाई सबै ८ फ्रेन्चाइज टोलीले मूल्य लगाएका थिए भने गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७-७ टोलीले किन्न बोली लगाएका थिए।

कुन टोलीले कुन खेलाडी किने?

पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की), सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठगुन्ना (१० लाख), नारायण जोशी (१० लाख), विपिन खत्री (१० लाख), दिलीप नाथ (१० लाख), तृतराज दास (५ लाख), सुनाम गौतम (५ लाख), दिनेश खरेल (२ लाख) र अमृत गुरुङ (२ लाख)

कर्णाली याक्स : सोमपाल कामी (मार्की), गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौसम ढकाल (१० लाख), अर्जुन घर्ती (१० लाख), देव खनाल (१० लाख), रित गौतम (५ लाख), भुवन कार्की ( ५ लाख) दीपेन्द्र रावत (३ लाख), दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख)।

लुम्बिनी लायन्स : रोहित कुमार पौडेल (मार्की), सूर्य तामाङ (१५ लाख), विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया ( १० लाख), तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दिनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम (२ लाख) र विकास आग्री (२ लाख)।

चितवन राइनोज : कुशल मल्ल (माकी), रिजन ढकाल (१० लाख), कमलसिंह ऐरी (१० लाख), शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), अमरसिंह राउटेला (५ लाख), दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख) र गौतम केसी (२ लाख)।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा (५ लाख), नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद ( २ लाख)।

विराटनगर किंग्स : सन्दीप लामिछाने (मार्की), लोकेश बम (१५ लाख), प्रतिश जी.सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र मिर्नल गुरुङ ( २ लाख)।

जनकपुर बोल्ट्स : आसिफ शेख (माकी), ललित राजवंशी (१५ लाख), अनिल कुमार साह (१५ लाख), रुपेश सिंह (१० लाख), आकाश त्रिपाठी (१० लाख), किशोर महतो (१० लाख), शुभ कंस्कार (५ लाख), शेर मल्ल (५ लाख), हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)

काठमाडौँ गुर्खाज : करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतीक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख)।

असोज २०, २०८१ सोमबार ००:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।