सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष देखिए, मैले भनेर पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन : प्रचण्ड

सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष देखिए, मैले भनेर पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन : प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन्। 

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने दाबी गरे। 

उनले भने, 'म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौं र जित्छौं भन्ने आधार देशभरि घुमेर देखेको छु।' 

फरक प्रसङ्गमा उनले बाढी-पहिरोजस्ता विपद्मा राजनीतिक दल, सरकार र सामाजिक संघसंस्थाहरू एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए। 

त्यस्तै, सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छानबिन प्रतिवेदनले नै दोषी नदेखाएको भन्दै उनी निर्दोष रहेको बताए।  

लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाई छ।  

लामिछाने पक्राउ गर्ने विषय सतहमा आइरहेको भन्दै उनले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए।  

असोज १९, २०८१ आइतबार २०:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।