भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत, फिल्महरूमा पनि कलेजको प्रचार गर्ने

भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत, फिल्महरूमा पनि कलेजको प्रचार गर्ने

काठमाडौं : कलाकार तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन्। 

शान्तिनगरस्थित कलेजमा आयोजित एक कार्यक्रममा कलाकार केसी र कलेजको तर्फबाट प्रबन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन्। केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन्। 

सद्भावना दूतको रुपमा कलाकार केसी कलेजका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवर्द्धन गर्ने समझदारी भएको छ। 

यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवर्द्धन गर्ने सहमति भएको छ। 
 
त्यस कार्यक्रममा कलाकार केसीले आफू कलाकार हुने समयमा फिल्मको बारेमा औपचारिक अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै शेफर्ड कलेजले फिल्मको अध्ययन अध्यापन सुरू गरेकोमा खुसी व्यक्त गरे। 

त्यस्तै, शेफर्ड कलेजका प्रवन्ध निर्देशक तरुणप्रताप शाहले कलेजका कोर्सहरुबारे जानकारी दिँदै कलाकार केसीसँगको सहकार्यले फिल्म एजुकेशन अझ राम्रो हुने बताए।   

असोज २०, २०८१ आइतबार २०:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।