नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिए।

यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। 

असोज २०, २०८१ आइतबार १५:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।