जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुंगा : २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका-३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राई रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १९, २०८१ आइतबार १४:१२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।