कृषि विकास बैंकद्वारा बाढी पीडितको राहतका लागि एक करोड ५० लाख सहयोग

कृषि विकास बैंकद्वारा बाढी पीडितको राहतका लागि एक करोड ५० लाख सहयोग

काठमाडौं : कृषि विकास बैंकले असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल बर्षाका कारणले आएको बाढीका कारण पीडित बनेकाहरुको राहतका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एवं नेपाल सरकार अर्थ मन्त्रालयका सह-सचिव दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख सरिता दाहाल र वरिष्ठ शाखा प्रमुख धु्रव पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे।

कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो।

असोज १९, २०८१ आइतबार १३:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।