मध्य गाजाको मस्जिदमा इजरायलको हवाई आक्रमण

मध्य गाजाको मस्जिदमा इजरायलको हवाई आक्रमण

एजेन्सी : इजरायली लडाकु विमानहरूले मध्य गाजाको देइर अल-बालाहमा रहेको मस्जिदमा आक्रमण गरेका छन्।

आक्रमणमा धेरैको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका चिकित्सक र हमासका स्वास्थ्यकर्मीले बताएका छन्। यस मस्जिदमा विस्थापितहरू बस्दै आएका थिए।

इजरायलले हमासको कमाण्ड बेसलाई निशाना बनाएको दाबी गरेको छ

प्यालेस्टिनी मिडियाका अनुसार उत्तरी गाजाको जबलिया नजिकैको बेत लाहिया सहरमा इजरायली सेनाले भारी बमबारी गरेको छ, जसमा धेरै मानिस मारिएका छन्।

इजरायली सेनाले शनिबार जबलियामा रहेको संयुक्त राष्ट्र संघको कम्पाउण्डमा रहेको हमासको स्थानलाई निशाना बनाएको जनाएको छ।

असोज १९, २०८१ आइतबार ०९:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।