बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

काठमाडौं : हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुगेको छ।

१९ जना बेपत्ता हुँदा अन्य एक सय ६९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ।

‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीय स्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ,’ उनले भने, ‘स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ।’

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई-दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेको प्रवक्ता तिवारीले बताए।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ।

असोज १९, २०८१ आइतबार ०७:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।