क्यानडाको दोस्रो रोजाइको टिममाथि नेपालको २० रनको जित

क्यानडाको दोस्रो रोजाइको टिममाथि नेपालको २० रनको जित

काठमाडौं : क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफेमेन्स (एचपी)सँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल २० रनले विजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनायो।

३७ रनमा पहिलो विकेटको रुपमा अर्जुन साउदलाई गुमाएको नेपालले त्यसपछि केही सम्हालियो। साउद व्यक्तिगत ७ रनमा आउट भए।

अनिल कुमार शाह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, सोमपाल कामी ३१, गुल्सन झा ६ रनमा आउट हुँदा कुशल भुर्तेल, रिजन ढकाल र ललित राजवंशीले एक रन पनि जोड्न सकेनन्।

एचपी क्यानडाका इरफान सादत, साहीद अहमदजाइ, सुखजिन्दर सिंह र निशान्त भारगभले समान दुई-दुई विकेट लिए।

जवाफी लक्ष्य पछ्याउने क्रममा एचपी क्यानडा ४५.३ ओभरमा मात्र १५६ रनमा समेटियो। उसका लागि ओलिभर कोक्सले सर्वाधिक ३९ रन बनाउँदा मुनिल अहमद काकरले ३६, युवराज शर्माले २३, अली नदीमले २०, निकोलस मनोहरले १९ रन जोडे।

नेपालका ललित राजवंशी र गुल्शन झाले समान दुई-दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले एक-एक विकेट लिए।

पहिलो अभ्यास खेलमा नेपाल एचपी क्यानडासँग चार तीन विकेटले पराजित भएको थियो।

असोज १९, २०८१ आइतबार ०७:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।