लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

काठमाडौं : लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रूपमा नियुक्त गरेको छ। 

हिल्टन काठमाडौंमा आज आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो।

नियुक्तिपछि बोल्दै कोच गौचनले भने, 'लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु। यो क्लबले धेरै सम्भावना बोकेको छ। खेलाडीहरूसँग मिलेर राम्रोसँग प्रशिक्षण गरेर हाम्रो उद्देश्यको निम्ति काम गर्ने चाहना छ।'

त्यसैगरी क्लबका चेयरम्यान इश्वर जिसीले शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोच नियुक्त गर्न पाउँदा आफू उत्साहित भएको भन्दै गौचनको ज्ञानले आफ्नो टिमलाई नयाँ उचाइमा पुर्याउने बताए। 

क्यानका सचिव पारस खड्काले पनि शक्ति गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठुलो उपलब्धि भएको दाबी गरे। 

असोज १८, २०८१ शनिबार २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।