बाढीले घर भत्काएकाको नाम आएको तीन दिनमा अस्थायी आवासको रकम दिइने

बाढीले घर भत्काएकाको नाम आएको तीन दिनमा अस्थायी आवासको रकम दिइने

काठमाडौँ :  गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम आए तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिन सकिने बताए।

पालिकाहरूलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी नाम पठाउन आग्रह गर्दै शनिवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए।

‘मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ’ लेखकले भने ‘घाइतेहरूको अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’

सरकारले  विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरे।

‘उद्धार, राहत र पुनर्स्थापनाका सवाल सरकार गम्भीर भएर अघि बढेको छ’ उनले भने ‘पूर्ण रूपमा घर क्षति भएका पीडित नागरिकहरूलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडि बढेको छ।’

असोज १८, २०८१ शनिबार १९:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।