उत्साहहिन दशैँ बोलाउने १० तस्बिर

उत्साहहिन दशैँ बोलाउने १० तस्बिर
दसैँ नवरात्रको तेस्रो दिन काठमाडौँस्थित गुह्येश्वरी मन्दिरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन। तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ : निरन्तर वर्षासँगै आएको बाढी पहिरोको कहरले यस पटक दशैँ त्यति उत्साहसहित घर-घरमा भित्रिन सकेन। घटनास्थापना कटेसँगै दशैँ निकै निकट आइसक्यो। बिस्तारै बस पार्कहरूमा भिड बढिरहेको छ। मन्दिरहरूमा दर्शर्नार्थीहरुको चहलपहल नियमित भन्दा केही बाक्लिएको छ।

तर शहर अनि बजारमा देखिने उत्साह हराइरहेको छ। मुहारमा उत्साह देखिदैन।

नवरात्रको तेस्रो दिन बागलुङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शनिबार पूजाअर्चनाका लागि आएका भक्तजन । तस्बिर : रामबहादुर थापा / रासस

कास्कीको पोखरा महानगरपालिका–१ स्थित जौबारीमा दसैँका लागि बिक्री गर्न राखिएका भेडाच्याङ्ग्रा । तस्बिरः धनबहादुर गुरुङ/रासस

संखुवासभाको सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँका लागि ल्याइएको खसीहरु खरिदबिक्री गर्दै स्थानीय बासिन्दा । अहिले खसीको मूल्य प्रतिकिलो ८ सयदेखि ९ सम्म बिक्री भइरहेको छ । तस्बिरः सुजन बज्राचार्य

नवरात्रिको तेस्रो दिन शनिबार बिहान पोखराको फेवातालबीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गाको पालो पर्खंदै भक्तजन । तस्बिर : कृष्ण दवाडी/रासस

नेपालीहरुको महान् चाड बडादसैँ नजिकिंदै गर्दा संखुवासभाको खाँदबारी बजारमा शनिबार परम्परा जगेर्नाका साथै सारङ्गी रेटेर गीत गाउँदै दसैँखर्च उठाउन भोजपुरबाट आएका गन्धर्व ।

वीरगञ्जको घन्टाघरचोकमा दसैँका लागि बिक्रीमा राखिएका खसी बोका। यहाँ बारा जिल्लाबाट ल्याएर बिक्री गर्न लागिएको हो । तस्बिरः हिमाल लम्साल/रासस

काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा शनिबार दसैँका लागि घरतर्फ जान आएका यात्रु । तस्बिरः हरिराम भेटुवाल/रासस

हिन्दुहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिदै गर्दा पनि सुनसान बनेको पर्वत जिल्लाको कुश्मास्थित कालीगण्डकी नदीको खोँचमा रहेको बञ्जिजम्प।

बडादसैँको नवरात्र तेस्रो दिन शनिबार काठमाडौँ शक्तिपीठ नक्साल भगवती मन्दिरमा पूजा तथा दर्शन गर्ने आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

असोज १८, २०८१ शनिबार १९:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।