हुम्लामा जीप दुर्घटना हुँदा दशैं मनाउन सिमकोट जाँदै गरेका पुरूषको मृत्यु, मामाघर गइरहेका छ वर्षीय बालक पनि रहेनन्

हुम्लामा जीप दुर्घटना हुँदा दशैं मनाउन सिमकोट जाँदै गरेका पुरूषको मृत्यु, मामाघर गइरहेका छ वर्षीय बालक पनि रहेनन्

काठमाडौं : हुम्लाको ताँजकोट गाउँपालिका४ स्थित तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए। 

रोकिराखेको जीप आफैं पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ। 

मृतक परियार दशैं मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए।  

असोज १८, २०८१ शनिबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।