'स्काईवर्थ सपना साकार' अफरको दोस्रो साप्ताहिक विजेता बराललाई उपहार हस्तान्तरण

'स्काईवर्थ सपना साकार' अफरको दोस्रो साप्ताहिक विजेता बराललाई उपहार हस्तान्तरण

काठमाडौं : केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले चाडपर्वको अवसरमा 'स्काइवर्थ सपना सा का' दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ। यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रालिले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ। 

भाट-भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रालिले माइक्रोवेभ उपहार जितेकी छन्। 

त्यस उपहार नीता बरालका श्रीमान् पूर्णेन्दु बरालले लिए, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए। 

कम्पनीका अनुसार बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्ने छन्। 

यो योजना यही कार्तिक ३० सम्म लागु हुनेछ।

त्यस्तै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशत सम्मको छुट लिन सक्ने छन्। स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ। 

असोज १८, २०८१ शनिबार १७:११:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।