एकैदिन १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्यो महत्वपूर्ण उपलब्धि

एकैदिन १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्यो महत्वपूर्ण उपलब्धि

काठमाडौं : इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउने कम्पनीको दाबी छ। 

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो। 

कम्पनीले अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको जनाएको छ।     

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, 'एकैदिन १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो। यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ।’

देशभर बीवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ। पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ। 

वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको बताइएको छ। 

शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बीवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ। 

असोज १८, २०८१ शनिबार १७:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।