कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम विराटनगरमा

कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम विराटनगरमा

काठमाडौं : कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यूएसएडसँगको साझेदारीमा ‘देशैभरि, वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि गरेको हो।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले जनाएको छ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्स्टेन्सन काउन्टर रहेको छ। 

बैंकले ५७ शाखारहीत बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। 

असोज १८, २०८१ शनिबार १६:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।