आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना सम्पन्न, विजेताले पाए सुनदेखि मोटरसाइकलसम्म

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना सम्पन्न, विजेताले पाए सुनदेखि मोटरसाइकलसम्म

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। 

यही असोज १६ मा कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा विजेताको नाम घोषणा गरेको छ। 

त्यस योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेस्रो पुरस्कारमा ५ ग्राम सुन, दोस्रो पुरस्कार आईफोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरिएको थियो। 

आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले जनाएको छ।  

असोज १८, २०८१ शनिबार १६:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।