यमनमा हुथी विद्रोहीको १५ स्थानमा अमेरिकाको आक्रमण

यमनमा हुथी विद्रोहीको १५ स्थानमा अमेरिकाको आक्रमण

एजेन्सी : यमनको इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ।

राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ।

नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरेका थिए। जसमध्ये दुई जहाज डुबेका छन्।

विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ।

मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरूको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ।

हुथी समूहसँग सम्बन्धित सञ्चारमाध्यमले यमनको राजधानी साना र अन्य शहरलाई निशाना बनाएको बताएका छन्।

सोमबार, हुथी समूहले यमनमा अमेरिकाले बनाएको एमक्यू-९ रिपर ड्रोन खसालेको बताएको थियो। अमेरिकी सेनाले यसअघि नै मानवरहित विमान हराएको स्वीकार गरेको थियो।

असोज १८, २०८१ शनिबार १३:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।