दशैंको मुखमा पनि घटेनन् देश छाड्नेहरू (तीन तस्बिर)

दशैंको मुखमा पनि घटेनन् देश छाड्नेहरू (तीन तस्बिर)

काठमाडौं : दशैं तिहारको मुखमा देश छाड्नेहरूको संख्यामा कमी आएको छैन।

महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरू गाउँ पुगिरहँदा विदेशिनेहरूको संख्यामा कमी आएको छैन।

रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ।

अधिकांश नेपालीरू दशैंको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन्।

अहिले दशैं मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूको भनाइ छ।

चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष ०८१÷०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन्। साउनमा ६० हजार विदेशिएका थिए।
 

असोज १८, २०८१ शनिबार १३:२८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।