हाइटीमा अज्ञात समूहको आक्रमणमा १० महिला र तीन बालबालिकासहित ७० जनाको मृत्यु

हाइटीमा अज्ञात समूहको आक्रमणमा १० महिला र तीन बालबालिकासहित ७० जनाको मृत्यु

एजेन्सी : क्यारेबियन देश हाइटीको मध्य क्षेत्रमा भएको एक गिरोहको आक्रमणमा परी ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा १० महिला र ३ बालबालिका समेत रहेका छन्। ५० भन्दा बढी घाइते भएका छन्, जसमध्ये १६ जनाको अवस्था गम्भीर छ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ६० किलोमिटर टाढा रहेको पोन्ट–सोन्डे सहरमा बिहीबार बिहान ३ बजे आक्रमण भएको हो। तीन हजार मानिसले आफ्नो ज्यान जोगाउन घर छाडेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण ग्रान ग्रिफ गिरोहले गराएको हो। उनीहरूको प्रहरीसँग पनि गोली हानाहान भएको थियो, जसमा गिरोहका  दुई सदस्य घाइते भएका थिए।

ग्रान ग्रिफले ४५ भन्दा बढी घर र ३४ वटा सवारीसाधनमा आगो लगाइदिए, मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य तुल्यायो।

वास्तवमा, राजधानी पोर्ट-ओ-प्रिन्सको नियन्त्रणको लागि देशमा लगभग 150 गिरोहहरू छन्, जो एक अर्कासँग लडिरहेका छन्। सडकमा रक्तपात सामान्य भइसकेको छ।

हाइटीका प्रधानमन्त्री ग्यारी कोनिलले सामाजिक सञ्जालमा आक्रमणको निन्दा गरेका छन्।

हाइटीको स्वास्थ्य मन्त्रालयले सुरक्षा अवस्था अत्यन्तै कमजोर भएकोले मानिसहरूलाई स्वास्थ्य सेवा र अन्य आवश्यक सहयोग पाउन कठिन भएको बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय स्रोतसाधन प्रयोग गरी राहत पुर्याउने प्रयास भइरहेको भए पनि सो क्षेत्रमा प्रत्यक्ष पुग्न निकै कठिन भएको छ।

असोज १८, २०८१ शनिबार ०९:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।