क्यानडाको दोस्रो राेजाइको टोलीसँग पनि हार्‍यो नेपाल, अनिल शाहले लिए चार विकेट

क्यानडाको दोस्रो राेजाइको टोलीसँग पनि हार्‍यो नेपाल, अनिल शाहले लिए चार विकेट

काठमाडौं : क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफेमेन्स (एचपी)सँग पनि नेपाल तीन विकेटले पराजित भएको छ।

१४४ रनको लक्ष्य एचपीले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि युवराज शर्माले ५६ बलमा ४४ रन बनाए।

अलि नदिम १४, शुभम शर्मा २९, अजयविर सिंह ९, ओलिभर कक्स १६ र गर्नेक जोहालले १७ रन बनाए।

नेपालका अनिल साहले १० ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामी, रिजन ढकाल र ललित नारायण राजवंशीले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोेजेको नेपाल ३९.४ ओभरमा १४३ रनमा अल आउट भयो।

नेपालका अनिल कुमार साहले ४९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए। अर्जुन साउदले ७२ बलमा ४ चौकासहित ३३ रन जोडे।

देव खनाल डक, भीम सार्की ६, आरिफ शेख २३, कुशल भुर्तेल २५, गुल्सन झा डक, कुशल मल्ल ७ रनमा आउट भए।

एचपीका शाहिद अहमादजाईले ७.४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए।

नेपाल आईसीसी विश्वकप लिग २ अमेरिका खेल्न जानुअघि तयारीको स्वरुप क्यानडा दोस्रो रोजाइको टोलीसँग अभ्यास खेल खेलेको हो।

असोज १८, २०८१ शनिबार ०८:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।