भारतीय विदेशमन्त्री जयशंकर दुई दिने पाकिस्तान भ्रमणमा जाँदै

भारतीय विदेशमन्त्री जयशंकर दुई दिने पाकिस्तान भ्रमणमा जाँदै

एजेन्सी : भारतीय विदेशमन्त्री एस जयशंकरले अक्टोबर १५-१६ मा पाकिस्तानको भ्रमण गर्ने भएका छन्।

उनी इस्लामावादमा हुने एससीओको हेड अफ गभरनेन्स (सीएचजी) बैठकमा सहभागी हुनका लागि त्यहाँ जान लागेका हुन्।

विगत नौ वर्षमा भारतीय मन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो।

पछिल्लो पटक जनवरी २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र डिसेम्बर २०१५ मा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानको भ्रमण गरेका थिए।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई ‘जयशंकरको भ्रमण भारत-पाकिस्तान सम्बन्ध सुधार्ने प्रयास हो?’ भनेर सोधिएको थियो।

जसको जवाफमा उनले भारत एससीओ चार्टरप्रति प्रतिबद्ध रहेकाले त्यो बैठकमा सहभागी हुन जान लागेका यसबारे अर्को अर्थ निकाल्न नहुनेतर्फ जोड दिए।

पाकिस्तानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगस्ट २९ मा एससीओ बैठकमा निम्तो दिएको थियो।

असोज १८, २०८१ शनिबार ०८:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।