बाढीपहिरोमा परेर दुई सय ३९ जनाको मृत्यु

बाढीपहिरोमा परेर दुई सय ३९ जनाको मृत्यु

काठमाडौं : असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएकाे बाढी र पहिराेमा परी ज्यान गुमाउनेको संख्या दुई सय ३९ पुगेको छ।

उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएकाे गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ।

मन्त्रालयले सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।

असोज १८, २०८१ शनिबार ०७:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।