यसपालि काठमाडौंका बसपार्कहरूलाई आएन दशैं (तस्बिरहरू)

यसपालि काठमाडौंका बसपार्कहरूलाई आएन दशैं (तस्बिरहरू)
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : काठमाडौंको बसपार्कमा दशैं नजिकिएसँगै चहलपहल बढ्ने अपेक्षा थियो। तर, यस पटकको दृश्य फरक देखियो। बाढीपहिरोले केही दिनअघि अवरूद्ध गरेका सडकहरू खुले पनि, घर फर्किने यात्रुको संख्या अपेक्षाकृत रूपमा कम छ। 

सामान्यतया, दशैंको केही दिनअघि बसपार्कहरू भरिभराउ हुने गर्थे, तर यो वर्ष त्यो जोश-उत्साह खासै देखिएन। पछिल्लो बाढी-पहिरोको कारण बीपी राजमार्गलगायतका सडकखण्डहरू अवरूद्ध भएपछि सुनसरी, मोरङलगायत पूर्व जाने यात्रुहरू अझैसम्म घर फर्किने वा नफर्किने भन्ने दुविधामै छन्। त्यसको प्रभाव बसपार्कहरूमा देखियो।  

 

 

असोज १७, २०८१ शुक्रबार २१:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।