एसिया रग्बी : आफ्नै मैदानमा नेपाली महिला टिमको लगातार दोस्रो हार

एसिया रग्बी : आफ्नै मैदानमा नेपाली महिला टिमको लगातार दोस्रो हार

काठमाडौं : एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग ५-१७ को स्कोरमा पराजित भएको हो। 

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२-० को स्कोरमा पराजित भएको थियो। नेपालले शुक्रबारै  समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालको पुरूष टिम पनि बहराइनसँग ७-२७ को स्कोरमा पराजित भएको थियो भने उज्वेकिस्तानसँग २४-० को स्कोरमा पराजित भयो।

भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरूषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताईपेइ र श्रीलङ्का रहेका छन्। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।

महिलातर्फ आयोजक नेपालसहित, फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागी छन्। 

असोज १७, २०८१ शुक्रबार २०:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।