हात्तीको आक्रमणबाट माउतेको मृत्यु, सँगै रहेका अर्का एकजनाले भागेर ज्यान बचाए

हात्तीको आक्रमणबाट माउतेको मृत्यु, सँगै रहेका अर्का एकजनाले भागेर ज्यान बचाए

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ। 

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका-६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

'खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ। सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भयो, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने। 

जग्दुका साथमा भएका अर्का एकजना भने भागेर बाँच्न सफल भएको बताइएको छ।  

असोज १७, २०८१ शुक्रबार १५:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।