एसिया रग्बीको पहिलो खेलमा नेपालको महिला टिम फिलिपिन्ससँग हार्यो

एसिया रग्बीको पहिलो खेलमा नेपालको महिला टिम फिलिपिन्ससँग हार्यो

काठमाडौं : एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२-० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरूष टिम उज्वेकिस्तानसँग २४-० को स्कोरमा पराजित भएको थियो। 

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरू भएको हो। 

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२-१५, कतारले साउदी अरेबीयालाई ३९-७, श्रीलंकाले काजकिस्तानलाई ४३-०, भारतले बंगलादेशलाई ३१-० को स्कोरमा पराजित गर्यो। 

चाइनीज ताईपेइले अफगानिस्तालाई ७-२६ को स्कोरमा पराजित गर्यो। यस्तै, महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९-१२ को स्कोरेले पराजित गरेको हो। 

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। 

प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ। 

असोज १७, २०८१ शुक्रबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।