बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

काठमाडौं : असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर दुई सय ३९ जनाको मृत्यु भएको छ।

सोही बाढीपहिरोमा परेर अहिलेसम्म १९ जना बेपत्ता छन्। अन्य एक सय ७७ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

असोज १७, २०८१ शुक्रबार ०९:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।