पूर्व राजा ज्ञानेन्द्रले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्व राजा ज्ञानेन्द्रले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

विजया दशमीको दिन उनले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएको संवाद सचिवालयले जनाएको छ।

सचिवालयलका अनुसार ज्ञानेन्द्र र पूर्वरानी कोमलले उक्त दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनेछन्।

भुटान भ्रमणमा रहेको ज्ञानेन्द्र आइतबार स्वदेश फर्कनेछन्।

असोज १७, २०८१ शुक्रबार ०८:५०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।