इजरायली हवाई आक्रमणमा नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी

इजरायली हवाई आक्रमणमा नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी

एजेन्सी : इजरायली हमलामा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार इजरायली सेनाले बिहीबार बेरुतको सफीद्दिनलाई निशाना बनाएको थियो। न्युयोर्क टाइम्सका अनुसार इजरायली अधिकारीहरूले भूमिगत बंकरमा बमबारी गरेका थिए।

हिजबुल्लाहका शीर्ष अधिकारीहरूले यहाँ बैठक गरिरहेको र सैफिदिन यसमा सहभागी हुन जाँदै थिए। तर सैफिदिन त्यहाँ पुगेका थिए वा थिएनन् भन्ने जानकारी उपलब्ध छैन।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाहले दुवैले सफीद्दिनको अवस्थाको बारेमा कुनै वक्तव्य जारी गरेका छैनन्। गत हप्ता नसरल्लाह मारिएपछि सफीद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो। उनी नसरल्लाहो भाइ नाता पर्ने हुन्।

नसरल्लाह जस्तै सफीद्दीनले कालो पगडी लगाउँछन्। सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो। उनले हिजबुल्लाहको राजनीतिक मामिलाहरू हेर्छन्।

यस बाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन्, जसले संगठनको सैन्य अभियानको योजना बनाउँछ।

असोज १७, २०८१ शुक्रबार ०८:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।